हावाहुरीले बैतडीमा मकैबाली सखाप
धनगढीः बैतडीमा हावाहुरीका कारण मकैबालीमा क्षति पुगेको छ। बुधबार राति आएको हावाहुरी तथा वर्षाका कारण मकैबालमा क्षति पुगेको हो।
हावाहुरीका कारण जिल्लाको सुर्नया गाउँपालिका–४ मा किसानले लगाएका मकै ढलेर काम नलाग्ने भएका छन्।
राति आएको हावाहुरीले लगाएको सबै मकै सखाप पारिदिएको स्थानीय गणेशबहादुर महराले बताए। उनले भने, यहाँको बाली नै यही हो। राति भारी हावाहुरी र वर्षाले सबै मकै सखाप पर्यो। अब कामै लाग्दैन।
हावाहुरीले मकै सखाप पारिदिएपछि अब कसरी गुजारा टार्ने भन्ने चिन्ताले सताएको उनले बताए।