सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको दोदा नदीमा डुबेर एक बालकको मृत्यु 

२०७९ असार २२, ०९:०१ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको दोदा नदीमा डुबेर एक बालकको मृत्ये भएको छ। बेलौरी नगरपालिका ५ बन्तरीया बस्ने सुनिल चौधरीको छोरा १४ वर्षीय निरज चौधरीको सोही ठाउँस्थित भकुण्डा दोदा नदीमा डुबेर बुधबार बिहान मृत्यु भएको हो।

नदीको किनारामा खेल्ने क्रममा चिप्लेर नदीमा डुबी अशक्त भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस