सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलीका अवैध सामानसहित एकजना पक्राउ 

२०७९ असार २२, ०७:१४ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट गड्डाचौकी, जिमुवा, बेलौरी र पुर्नवासबाट खटिएको प्रहरी टोलीले अवैध समान बरामद गरेको हो।

भारतबाट नेपाल ल्याउँदै गरेको तयारी कपडा, किराना सामान, बिडि, सुर्ती, चिनि, मोटरसाइकलका पार्टस् र म१च ३२९ बोलेरो पिकअफ सहित १ जनालाई पक्राउ गरिएको गणले बताएको छ। अन्दाजी मूल्य १८ लाख ४० हजार ५५४ बराबरको सामानहरु बरामद गरी भन्सार कार्यालय गड्डाचौकी र त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाइएको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस