सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीमा तुइनबाट खसेर किशोर बेपत्ता

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ असार २२, ०५:४८ खबर संवाददाता

दार्चुला: दार्चुलामा तुइनबाट खसेर एक किशोर बेपत्ता भएका छन्। ब्यास गाउँपालिका–२ दुम्लिङस्थित गोठाल घाटमा तुइनबाट खसेर स्थानीय १७ वर्षीय सचिन बुढाथोकी महाकाली नदीमा बेपत्ता हुन्। 

भारतबाट घर फर्कने बेला तुइन तरिरहेको अवस्थामा तुइन बाँधिएको खम्बा टुटेर उनी नदीमा बेपत्ता भएको ब्यास गाउँपालिका–२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले बताए। उनका अनुसार  बुढाथोकी  धारचुला तहसिल अन्तर्गत गर्वाधार बजारबाट खाने तेल किनेर घर फर्कदै थिए।

बेपत्ता भएका किशोरको खोजीका लागि घटनास्थलमा अहिले सुरक्षाकर्मी पुगेका छन्। 

कमेन्ट लोड गर्नुस