मलामी गएका डडेल्धुराका २ युवक सेतीमा बगे
धनगढीः मलामी गएका डडेल्धुराका दुई युवक डोटीको सेती नदीमा बगेका छन्। बुधबार जिल्लाको अमरगढी नगरपालिका-६ स्थित छचोडाका अन्दाजी २७ वर्षीय बिरेन्द्र ताम्राकार र विनोद ताम्राकार नदीमा बगेका हुन्।
डडेल्धुराबाट मलामी गएका उनीहरु दुवैजना डोटीको शिखर नगरपालिका गहनानस्थित सेती नदीको शव जलाउने ठाउँबाट नुहाउँने क्रममा बगेको प्रहरीले जानकारी दिएको छ। बगेकामध्ये विनोद बगेको स्थानबाट केही तल सकुशल फेला परेका छन्। यस्तै अर्का युवक बिरेन्द्र भने बेपत्ता भएको र उनकाे खोजी कार्य थालिएको प्रहरीले जनाएको छ।