सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा भालुको आक्रमणबाट एक पुरुष गम्भीर घाइते 

फाइल फोटो
फाइल फोटो
२०७९ असार २१, ०२:५८ खबर संवाददाता

धनगढी: डोटीमा भालुको आक्रमणबाट एक पुरुष गम्भीर घाइते भएका छन्। जिल्लाको पूर्वीचौकी गाउँपालिका-१ का नरबहादुर खड्का भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन्।

उनी आज (मंगलबार) बिहान भालुको आक्रमणमा परी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। प्रहरीका अनुसार घाइते खड्कालाई उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको थियो। त्यहाँबाट उनलाई थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल रेफर गरिएको छ।
 

कमेन्ट लोड गर्नुस