सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउताको तस्बिर भएको पत्रिकामा कुखुराको मासु बेच्ने पक्राउ

२०७९ असार २१, ०१:०६

नयाँ दिल्ली: उत्तर प्रदेशको सम्भलमा हिन्दू देवताहरूको तस्बिर भएको पत्रिकामा कुखुराको मासु बेचेको र प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ। केही मानिसहरुले आइतबार तालिब हुसैन नामका एक व्यक्तिले आफ्नो पसलमा हिन्दू देवी–देवताको तस्बिरसहित अखबारमा बेरिएको कुखुरा बिक्री गरिरहेको उजुरी गरेका थिए।

प्रहरी टोली पसलमा पुगेपछि तालिब हुसैनले उनीहरूमाथि छुरी प्रहार गरेका थिए। तालिब हुसैनलाई आईपीसीको धारा १५३–ए, २९५–ए र ३०७ अन्तर्गत मुद्दा लगाइएको छ। यस विषयमा अनुसन्धान भइरहेको सम्भल प्रहरीले जनाएको छ। बीबीसी  


 

कमेन्ट लोड गर्नुस