डडेल्धुराको महेन्द्र माविमा अध्ययनरत बालकको मृत्यु
डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकास्थित महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत एक बालकको मृत्यु भएको छ। जिल्लाको भागेश्वर गाउँपालिका–५ घर भइ हाल जिल्ला सदरमुकाममा बस्दै आएका ४ वर्षीय हिमाल भाटको ज्यान गएको हो।
मृटुमा समस्या रहेका उनको उपचारको क्रममा सोमबार डडेल्धुरा अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। कक्षा १ मा अध्ययनरत भाटको निधन भएपछि महेन्द्र माविले मंगलबार शोक विदा दिएको छ।