श्रीलंकामा इन्धन सकियो, किन्न छैन पैसा
२०७९ असार २०, ०७:४८
काठमाडौंः श्रीलंकाका उर्जा मन्त्री कञ्चना विजेसेकेराले देशको इन्धन भण्डार रित्तिएको बताएका छन्। उनले अब देशमा एक दिनको माग धान्ने भन्दा पनि थोरै पेट्रोलिय पदार्थ बाँकी रहेको बताए। उनले दुई हप्तापछि मात्र पेट्रोलियम पदार्थ आउने पनि जानकारी दिएका छन्।
देशमा १२ हजार ७७४ टन डिजेल र ४ हजार ६१ टन पेट्रोल भण्डारणमा रहेको विजेसेकेराले पत्रकारहरूलाई बताएका छन्।
कमेन्ट लोड गर्नुस