भारतको हिमाञ्चलमा बस दुर्घटना, १६ जनाको मृत्यु
२०७९ असार २०, १०:४६
मुम्बई: भारतको हिमाञ्चल प्रदेशस्थित कुल्लुमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। सोमवार बिहान उक्त बस दुर्घटनामा परेको हो। प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार मृत्यु हुनेमा बालबालिकासमेत रहेका छन्।
उक्त बसमा ४५ जना यात्री सवार रहेको बताइएको छ। बस दुर्घटनाग्रस्त क्षेत्रमा प्रहरीले उद्धार जारी राखेको आजतकले जनाएको छ।
कमेन्ट लोड गर्नुस