सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलौरीमा बालरोग विशेषज्ञ सेवा सुरु

२०७९ असार २०, ०९:२७ खबर संवाददाता

धनगढी: कञ्चनपुरको बेलौरीमा बालरोग विशेषज्ञ सेवा सुरु भएको छ। बेलौरीमा रहेको सामुदायिक अस्पताल ईशान मेमोरियल अस्पतालले बालरोग विशेषज्ञ सेवा सुचारु गरेको हो।

काठमाडौँका ठुला अस्पतालसहित विभिन्न ठाउँमा सेवा गरिसकेका डा. मुकेश खड्काले अब ईशान मेमोरियल अस्पतालमा बालरोग विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालका एच.आर. प्रमुख पिताम्बर चौधरीले बताए। बेलौरी नगरपालिका-६ पानी टङ्की नजिक रहेको सो अस्पतालमा वरिष्ठ बालरोग विशेषज्ञ डा. खड्कालाई आइतबार अस्पतालका अध्यक्ष आईजङ्ग कुँवर र ईशानका चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूले फूलमालासहित स्वागत गरेका थिए।

डा. खड्काद्वारा प्रदान गरिने सेवाले १६ वर्ष मुनिका बालबालिकाहरू प्रत्यक्ष स्वास्थ्य सेवाबाट लाभान्वित हुने अपेक्षा रहेको अस्पतालले जनाएको छ।

कमेन्ट लोड गर्नुस