सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराकी विपन्न महिलालाई योगीको आर्थिक सहयोग 

२०७९ असार १९, ०६:२२ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराका चन्द्रकान्तनाथ योगीलेको विपन्न महिलालाई आर्थिक सहयोग गरेका छन्। अमरगढी नगरपालिका–७ पोखरामा बस्दै आएकी बिष्ना लुहारलाई आइतवार बास नेपाल डडेल्धुराका मनोसामाजिक कार्यकर्ता सिर्जना ऐडीमार्फत उनले १० हजार आर्थिक सहयोग सहयोग गरेका हुन्।

विगत ५ वर्षदेखि श्रीमानले अलपत्र अवस्थामा छाडेर ४ वटा छोराछोरीसँगै डेरा गरी बस्दै आएकी बिष्नालाई केही राहत मिलोस भनेर सो सहयोग गरीएको स्वास्थ्यकर्मी समेत रहेका योगीले बताए।  विद्यालय जाने उमेर भइसकेका उनका बालबालिका आर्थिक अभावले गर्दा विद्यालयसम्म जान पाएका छैनन्। तर अहिले बास नेपालको सहयोगमा उनले आफ्ना २ जना बालबालिकालाई लिद्यालय पठाइरहेकी छन्। 

साथै उनलाई सञ्चारका लागि सहज होस भन्ने उद्धेश्यले मनोसामाजिक कार्यकर्ता ऐडीले निजी खर्चमा मोवाइल फोेन समेत हस्तान्तरण गरेकी छिन्।

कमेन्ट लोड गर्नुस