सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको निसर्ग अस्पतालमा मुटुको चाल रोकिएका बिरामीको सफल उपचार

२०७९ असार १९, ०५:४८ खबर संवाददाता

धनगढीः धनगढीको निसर्ग अस्पतालले जटिल किसिमको शल्यक्रिया सफलतापूर्वक गरेको छ। अस्पतालले ब्लड प्रेसर अति कम र मुटुको धड्कनसमेत कम भईसकेका एक बिरामीको सफल शल्यक्रिया गरेको हो। असार ६ गते अस्पताल पुगेका कञ्चनपुरको दोधरा चाँदरी नगरपालिकाका मानसिहं बिष्टको सफल उपचार गरिएको अस्पतालले जनाउको छ।

अस्पतालका डा. मेराज आलम अन्सारीसहितको टिमले सफल उपचार गरेको हो। बिष्ट दुर्घटनामा परेर घाइते भई अस्पताल पुगेका थिए। बाहिरि चोट नदेखिएपछि घरमै बसिरहेका उनलाई निकै समस्या देखिएपछि कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल पु¥याइएको थियो। त्यहाँ उपचार गर्न नसकिएपछि उनी धनगढी आएका थिए। 

जटिल अवस्थामा पुगिसकेका बिष्ट बाँच्न सफल भएपछि श्रीमती अनिता बिष्टले खुसी हुँदै अस्पताललाई धन्यवाद दिएकी छन्। 
 

कमेन्ट लोड गर्नुस