सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार दुर्घटना हुँदा तीन जना घाइते

२०७९ असार १९, ११:१४ खबर संवाददाता

काठमाडौं: काठमाडौंको बबरमहलमा कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। आइतबार बिहान बा २ च ८५३३ नम्बरको कार आफै अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ।

दुर्घटनामा चालक भक्तपुर कमलबिनायकका २५ वर्षीय विकास बुढाथोकी, कारमा सवार सोही ठाउँका २७ वर्षीय जिनी चौरसीया र रामेछाप घर भई हाल कमलबिनायक बस्ने २१ वर्षीय जीवन गिरी रहेका प्रहरीले बताएको छ। उनीहरुको सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको र गिरीको अवस्था गम्भीर रहेको बताइएको छ। 


  

कमेन्ट लोड गर्नुस