सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार 

२०७९ असार १८, ०९:३१ खबर संवाददाता

बाजुराः बाजुरामा गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ। जिल्लाको पुर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाकी एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकप्टर मार्फत शनिबार उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको हो। 

सुत्केरी गराउन कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएकी नगरपालिका–६ की २१ वर्षीया मनिशा भण्डारी (खत्री)लाई राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस