सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ४४ जनामा कोरोना संक्रमण पुष्टि 

२०७९ असार १८, ०७:४६ खबर संवाददाता

काठमाडौंः पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। दुई हजार ४६७ परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २०१ पीसीआर परीक्षणमा ३३ जना र एक हजार २६६ एन्टिजेन परीक्षणमा ११ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो। 

शनिबार नै कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ रहेको छ। योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३१४ पुगेको छ। जसमध्ये ३०७ जना होम आइसोलेसनमा र ७ जना संस्थागत आइसोलेसनमा छन्। संस्थागत आइसोलेसनमा रहेकामध्ये ४ जना आईसीयूमा छन्।
 

कमेन्ट लोड गर्नुस