दार्चुलामा पहिरोमा परी एक जनाको मृत्यु
२०७९ असार १८, ०७:२०
दार्चुलाः दार्चुलामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका–६ मा पहिरोमा परेर शनिबार एक जनाको मृत्यु भएको हो। पहिरोमा परेर परिगाउँका २१ वर्षीय करनसिंह ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर एवम् सूचना अधिकारी राजेश शाहीका अनुसार बेलुकी करिब ५ बजे भटडाँडाबाट परीगाउँ जानेबेला पहिरोमा परी ठगुन्नाको घटनास्थलमै मृत्यु भएको दार्चुला प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस