सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको सेती नदीमा एक जनाको शव फेला 

२०७९ असार १७, १०:४७ खबर संवाददाता

डोटी: डोटीको सेती नदीमा एक शव फेला परेको छ। जिल्लाको शिखर नगरपालिका ११ तल्लिसातस्थित सेती नदीमा एक जनाको शव फेला परेको हो।

अहिले शव फेला परेको स्थानमा जिल्ला प्रहरी कार्यालय डोटीको टोली खटिएको र शवको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले बताए। शव सडेको अवस्थामा रहेकाले पहिचान हुन नसकेको प्रहरीले बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस