सुदूर नेपाललाई विश्वसँग जोड्दै

युक्रेनको बन्दरगाहमा रुसद्वारा मिसाइल आक्रमण

२०७९ असार १७, ०८:३८ खबर संवाददाता

काठमाडौँः युक्रेनको एक अपार्टमेन्टमा रुसले मिसाइल आक्रमण गर्दा कम्तीमा १० जना मारिएको पुष्टि भएको छ। शुक्रबार युक्रेनको ओडेसास्थित ब्ल्याक सी बन्दरगाहमा रहेको एक अपार्टमेन्ट भवनमा रुसले हमला गरेको युक्रेनका अधिकारीहरूले जनाएका छन्।

यद्यपि मृत्यु हुनेको संख्या अझै बढी हुनसक्ने अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। यस आक्रमणमा मृत्यु हुनेमा बालबालिका पनि परेको बताइएको छ। यसअघि रुसले युक्रेनको क्रेमेन्चुकस्थित एक सपिङ मलमा आक्रमण गर्दा दुई जना मारिएका थिए। साथै दर्जनौं घाइते भएका थिए।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि छिट्टै ८ सय मिलियन डलरको सैन्य सहायता प्याकेज उपलब्ध गराउने जनाएका छन्। इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले भने हालै मस्को पुगेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरी आफ्नो देशले रुससँगको सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन्। -एजेन्सी

कमेन्ट लोड गर्नुस