धनगढीको मायामेट्रो अस्पतालमा एक महिलाले जन्माइन् तिम्ल्याहा सन्तान
२०७९ असार १७, ०७:१७
धनगढी: धनगढीको मायामेट्रो अस्पतालमा एक महिलाले तिम्ल्याहा सन्तान जन्माएकी छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा २ वाणीका गणेश कुँवरकी श्रीमती २४ वर्षीया गौमती कुँवरले धनगढीको मायामेट्रो अस्पतालमा तीन सन्तान जन्माएकी हुन्।
कुँवरले पहिलो पटक २ छोरा र १ छोरी गरी ३ सन्तानलाई जन्म दिएकी हुन्। बिहिबार राती करीब ११ बजे उनले बच्चा जनमाएको अस्पतालले जनाएको छ।
कमेन्ट लोड गर्नुस