सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

फाइल फोटो
फाइल फोटो
२०७९ असार १७, ०७:४७ खबर संवाददाता

धनगढी: बाजुराको साँफे-मार्तडी सडकखण्ड अवरुद्ध भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका-१ बल्देमा पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएको हो।

लगातारको वर्षाका कारण पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको प्रहरीले बताएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अहिले पहिरो पन्छ्याउने काम भइरहेको छ। तर बिहानैदेखि वर्षा भइरहेकाले पहिरो अझै खसिरहेको हुँदा सडक खुल्न समय लाग्ने बताइएको छ। 

कमेन्ट लोड गर्नुस