सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतले धौलीगङ्गाको बाँध खोल्यो, महाकाली नदी आसपासमा सतर्कता अपनाउन आग्रह

२०७९ असार १६, ०९:१९ खबर संवाददाता

धनगढी– भारतको तपोवन धार्चुलाको धौलीगङ्गा जलविद्युत् परियोजनाको ड्याम साइटका ढोका खोलेको छ। बुधबार विहान ५ जलविद्युत् परियोजनाको ड्याम साइटका ढोका खोलेको हो। 

बुधबार राति ८ बजेसम्म बाँध खुल्ने हुँदा महाकाली नदीमा पानीको सतह बढ्न सक्ने भन्दै आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

बिहान ५ बजेदेखि भारतले सिल्ट फ्लशिङ्ग गर्न भन्दै बाँधका ढोका खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै सतकर्त अप्नाउन आग्रह गरेको हो। 

भारतको पिथौरागढमा रहेको धौलीगङ्गा पावर स्टेशनले आज बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने जानकारी  जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको थियो। त्यही पत्र अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना निकालेको हो।

कमेन्ट लोड गर्नुस