सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा घर भत्किँदा एक शिशुको मृत्यु, दुई जना घाइते

फाइल फोटो
फाइल फोटो
२०७९ असार १६, ०८:३३ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरमा घर भत्किँदा एक शिशुको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। 

जिल्लाको बेदकोट नगरपालिका ५ पोल्खरीमा घर भत्किँदा ८ महिनाको शिशु करिश्मा खुनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

यस्तै ११ वर्षीय अर्जुन खुना र ४० वर्षीय मन्ते थारु घाइते भएका छन्।

काठको पुरानो घर वर्षाका कारण भत्किएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

कमेन्ट लोड गर्नुस