सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली चिकित्सकले पाए अन्तर्राष्ट्रिय सम्मान 

२०७९ असार १५, ०८:५५ खबर संवाददाता

नयाँदिल्लीः दिल्ली स्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स(एम्स) मा कार्यरत एकजना नेपाली चिकित्सक माधवप्रसाद यादव अन्तर्राष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित भएका छन्। वीरगन्ज घर भएका डा। यादव एम्सको न्यूक्लियर मेडिसिन विभागमा कार्यरत छन्।

उनी उपचार तथा रिसर्च क्षेत्रमा एम्स भित्र ‘साइन्टिस्ट–सी’ पदमा छन्। रेडियो न्युक्लियाइड एक्टिनियम–२२५ प्रविधिबाट क्यान्सरको उपचारमा गहिरो अनुसन्धान गरेको र त्यसमा सफलता प्राप्त गरेकाले उनलाई पुरस्कृत गरिएको हो। जर्मनीमा आयोजित एक समारोहमा दी इन्टरनेसनल सेन्टर्स फर प्रेसिजन अनकोलाजी (आईसीपीओ) फाउन्डेसनले डा. यादवलाई ५ हजार यूरो नगद र प्रमणपत्रले सम्मानित गरेको हो। उक्त पुरस्कारका लागि ४० देशका चिकित्सक र अनुसन्धकर्ताहरुले दावी गरेका थिए। तर, छनौट कमिटीले डा.यादवको चयन गरेको हो।

कमेन्ट लोड गर्नुस