देरभर थप ६२ जनामा कोरोना संक्रमण पुष्टि
२०७९ असार १५, ०७:४९
काठमाडौंः देरभर थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एक हजार ६२० जनाको परीक्षण गर्दा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८ पीसीआर परीक्षणमा ५१ जना र ६१२ एन्टिजेन परीक्षणमा ११ जनामा संक्रमण देखिएको छ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ। जसमध्ये २५६जना होम आइसोलेसनमा रहेका छन् भने ५ जना संस्थागत आइशोलेशन र १ जना आईसीयूमा छन्। पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त भएका छन् ।
कमेन्ट लोड गर्नुस