धनगढीमा खुल्यो ‘वेस्टर्न मिट मार्ट एण्ड कोल्ड स्टोर’
धनगढीः धनगढीमा ६४ लाखको लगानीमा वेस्टर्न मिट मार्ट एण्ड कोल्ड स्टोर सञ्चालनमा आएको छ। बुधबार एक कार्यक्रमकाबीच धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले धनगढी ४ उत्तरबेहडीमा रहेको उक्त स्टोरको उद्धघाटन गरेकी हुन्।
मार्टको उद्धघाटन गर्दै उपप्रमुख रानाले कोल्ड स्टोर सहितको मिट मार्ट धनगढीको आवश्यकता रहेको बताएकी छन्। जसले मासुजन्य पदार्थको अभावका कारण सृजना हुने अत्याधिक मुल्यवृद्धीको समस्यालाई समाधान गर्ने रानाको भनाई छ। यता वेस्टर्न मिट मार्ट एण्ड कोल्ड स्टोरका सञ्चालक पारस बाहुनले अफ सिजनमा धनगढीमा देखिने मासुजन्य पदार्थको अभावलाई स्टोरले सम्बोधन गर्ने बताएका छन्।यस्तै उनले स्वस्थकर जीवन र अभावका बेलामा हुने मुल्यवृद्धीलाई निरुत्साहित गर्न स्टोर सञ्चालनमा ल्याएको बताए।
बाहुनले सञ्चालनमा ल्याएको वेस्टर्न मिट मार्ट एण्ड कोल्ड स्टोरको कुल लागत ६४ लाख रहेको छ। जसमध्ये धनगढी उपमहानगरको २८ लाख ५० हजार अनुदान रहेको बाहुनले बताए।