सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

२०७९ असार १४, ०८:३९ खबर संवाददाता

काठमाडौंः पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १ हजार ८५२ जनाको पीसीआर परीक्षणमा ३८ जना र ९४६ जनाको एन्टिजेन परीक्षणमा ६ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७ जना निको भएका छन् भने हाल देशभर २२९ जना सक्रिय संक्रमित छन्। जसमध्‍ये २२३ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र २ जना आईसीयूमा छन्।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ५० पुगेको छ।

कमेन्ट लोड गर्नुस