सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकामा ट्रकभित्र ४६ जनाको शव फेला

२०७९ असार १४, ०५:३२ खबर संवाददाता

काठमाडौँः  अमेरिकाको टेक्ससस्थित सान एन्टोनियोमा ट्रेलर ट्रकभित्र कम्तीमा ४६ जना मृत फेला परेका छन्। मृत अवस्थामा फेला परेका सबै जना आप्रवासी हुन सक्ने भन्दै उनीहरूको पहिचान भने भइनसकेको टेक्ससका गभर्नरलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ।  

टेक्ससका गभर्नर ग्रेग एबोटले सोमबार ट्विटरमार्फत् जो बाइडेनको सरकारले ल्याएको घातक खुला सीमा नीतिका कारण यो घटना घटेको आरोप लगाएका छन्। सोही ट्रकमा रहेका कम्तीमा १६ जनालाई अस्पताल पु¥याइएको स्थानीय अधिकारीहरूले जनाएका छन्।

मृत्यु भएकाहरू कुन देशका हुन् भन्नेबारे अझै पहिचान हुन नसकेको बीबीसीले उल्लेख गरेको छ। फरार रहेका ट्रकका चालकलाई प्रहरीले खोजिरहेको अमेरिकी समाचार संस्था न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।
 

कमेन्ट लोड गर्नुस