सुदूर नेपाललाई विश्वसँग जोड्दै

केरला र महाराष्ट्रमा कोरोना सङ्क्रमण दर १५ प्रतिशत माथि

२०७९ असार १४, ०५:४३

एजेन्सी: भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ। आइतबार त्यहाँ १५ हजार ५४ नयाँ कोरोना संक्रमित भेटिएका थिए भने १६ जनाको मृत्यु भएको थियो।

यही अवधिमा १३ हजार ४ सय ८५ जना सङ्क्रमणमुक्त पनि बनेका छन्। भारतमा हाल ९२ हजार ७२४ सक्रिय कोरोना संक्रमित छन्। यसभन्दा एक दिनअघि ११ हजार ५७८ नयाँ कोरोना संक्रमित भेटिएका थिए भने २५ बिरामीको मृत्यु भएको थियो।

भारतमा दैनिक सङ्क्रमण दर पनि २।५९ प्रतिशतमा झरेको छ, जबकि साप्ताहिक सङ्क्रमण दर ३.२५ प्रतिशतमा रेकर्ड गरिएको थियो। हालै भारतमा सङ्क्रमण दर ४.३९ प्रतिशत पुगेको थियो। राज्यहरूमा कोरोनाको अवस्थाको कुरा गर्ने हो भने महाराष्ट्र र केरलाको अवस्था झन् खराब हुँदै गइरहेको छ।

अघिल्लो दिन महाराष्ट्रमा ६ हजार ४९३ नयाँ कोरोना संक्रमित भेटिएका थिए भने ५ जनाको मृत्यु भएको थियो। प्रदेशमा कोरोना पोजिटिभ दर १६ दशमलव ४८ प्रतिशत पुगेको छ। उता केरलामा पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७८ नयाँ कोरोना संक्रमित भेटिएका छन् भने ६ जनाको मृत्यु भएको छ। केरलामा कोरोना पोजिटिभ दर बढेर १७.१९५ पुगेको छ। योसँगै २६ हजारभन्दा बढी बिरामीले कोरोनाको उपचार गराइरहेका छन्।

कमेन्ट लोड गर्नुस