सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका खाद्यान्न पसलमा अनुगमन

तस्बिरः कान्तिपुर
तस्बिरः कान्तिपुर
२०७९ असार १३, ०८:०९ खबर संवाददाता

दार्चुलाः दार्चुलाका विभिन्न खाद्यान्न पसलमा अनुगमन गरिएको छ। गोकुलेश्वर बजारका सलहरूमा शनिबार अनुगमन गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदको नेतृत्वमा जिल्ला प्रशासन र घरेलु तथा साना उद्योग कार्यालयले संयुक्त रूपमा बजार अनुगमन गरेको बताइएको छ।

टोलीले शैल्यशिखर नगरपालिकाका ५१ वटा खाद्यान्न पसलहरूमा अनुगमन गरेको जनाएको छ ।पसल अनुगमनबाट ५४ हजार राजस्व संकलन भएको र २५ हजार रुपैयाँ बराबरको अखाद्य वस्तुसमेत बरामद गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले बताएको छ। उनका अनुसार अनुगमनमा म्याद गुज्रिएका सामानहरू फेला परेका, पसलमा मूल्यसूची नराखिएको, होटलहरूमा पनि अखाद्य वस्तु फेला पारिएको छ।

कमेन्ट लोड गर्नुस