सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भिरबाट लडेर कामदारको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७९ असार १३, ०७:५८ खबर संवाददाता

दार्चुलाः  नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिंकर सडक निर्माणमा संलग्न कामदारको भिरबाट लडेर मृत्यु भएको छ। व्यास गाउँपालिका–२ मालगाउस्थित नाकुरीधार क्षेत्रमा सडक निर्माणका क्रममा भिरबाट लडेर एकजनाको मृत्यु भएको हो। 

नौगाड गाउँपालिका–४ सिप्टीका ४५ वर्षीय जयबहादुर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए। धामी सोमबार बिहान १० बजेतिर भिरबाट करिब ५ सय मिटर तल खसेको र उनको घटनास्थलमै मृत्यु भएको उनले बताए। 
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस