सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा मल्लको दाबी

२०७९ असार १३, ०५:५७ खबर संवाददाता

महेन्द्रनगर: युवा व्यवसायी दिनेश मल्ल आसन्न कञ्चनपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदमा चुनावी प्रतिस्प्रर्धामा होमिदैछन्। कञ्चनपुरको महेन्द्रनगरलाई व्यवसायको केन्द्र बनाएर मुलुकका विभिन्न भागमा निर्माण व्यवसायका साथै ट्रेडिङ्गसँगै हाइड्रोमा पनि लगानी गरेका मल्ल महेन्द्रनगरमा सफल हुन्। 

यसअघि कञ्चनपुर उद्योग वाणिज्य संघको कार्यसमितिमा दुई पटक काम गरिसकेका मल्ल दुई पटक मुलुकमा कोरोना महामारीमा धेरैका लागि जीवनदाता बने। युवापिढीमाँझ सबैसित सुमधुर सम्बन्ध बनाएका मल्ल उद्योग बाणिज्य संघलाई राजनीतिक दलको रुपमा हेर्न नहुने बताउँछन्। 

नीजि क्षेत्रको प्रतिनिधीमुलक संस्थामा नीजि क्षेत्रमा लामो समय सक्रिय पात्र नेतृत्वमा आउनुपर्नेमा उनको जोड छ। “ हाम्रो काम नेतृत्वमा गएर यहाँ औद्योगिक क्षेत्रको विकासदेखि बामेसरेको सुख्खाबन्दरगाह बनाउन सकरात्मक दबाब दिने र लगानीमैत्री वातावरण तयार गर्ने हो” उनले भने– “व्यक्तिगत परिचय बनाउन मात्रै संस्थामा जान तछाममछाड गर्दा नीजि क्षेत्रको संस्थाको गरिमा साघुरिदैछ।”

दर्जनौ युवा, व्यवपारी, व्यवसायीहरुलाई मल्लले दश दिन भन्दा बढी समयसम्म निःशुल्क भोजनको पुण्य काममा हातेमालो गरेर भोक मार्न सक्रिय रहे। “तीन दिनसम्म स्वदेश फर्किनेहरु पानी सम्म नपाएर तड्पिएर भूमि प्रवेश गर्दै थिए” विगत सम्झिदै मल्लले भने–“त्यहा कहालीलाग्दो अवस्थामा हामी कोरोनालाई बेवास्ता गरेर भोजनको व्यवस्थापन लाग्यौं।”

वाणिज्य संघमा आए आफूहरुले माष्टर प्लान बनाएर निजीक्षेत्र माथि उकास्न सकिनेमा मल्ल ढुक्क छन्। “व्यापारी/व्यवसायीहरुको हकहितका लागि अझै धेरै गर्न बाँकी छ” उनले भने– “भारतसित सीमा जोडिएको जिल्ला भएकाले पनि नीजि क्षेत्र सक्रिय भए आर्थिक गतिविधी बढाउन सकिन्छ।”

यहाँको आर्थिक, पर्यटकीय क्षेत्रको विकास र विस्तारमा पनि नीजि क्षेत्रको सहकार्य र भूमिका आवश्यक रहने उनको भनाई छ। “वाणिज्य संघका व्यक्ति भन्दा टिम सक्रिय भएर काम गर्ने हो” उनले भने–“ सामुहिकतामा बल हुन्छ।”
स्वस्थ्य प्रतिस्र्धाबाट बाणिज्य संघको नेतृत्व आउनु हुने बताउँदै उनले प्रतिस्प्रर्धीलाई सामान्य रुपमा दिनुपर्नेमा जोड दिए। “चुनावपछि सबै व्यापारी, सबै मित्रवत सम्वन्ध भएका व्यक्ति हौं” उनले भने–“ यसमा आत्तिने र मात्तिने प्रवृति देखाउन सन्देशमुलक हुदैन।”
 

कमेन्ट लोड गर्नुस