सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा रोपेको दुई वर्षमै स्याउ फलेपछि...

२०७९ असार १३, ०३:०८ खबर संवाददाता

बाजुराः बाजुराको खप्तड छेडेदह गाउँपालिका- १ काँडाका बीरबहादुर रावलले रोपेको दुई वर्षमै स्याउ फल्न सुरु भएको छ। २०७७ सालको फागुन महिनामा इटालीबाट ल्याएको फुँजी, गाला र गोल्डेन जातको स्याउ लगाएको दुई वर्षमै फल्न सुरु गरेको हो।

खप्तड छेडेदह गाउँपालिका वडा नं १ काँडाका स्थानीय बीरबहादुर रावलले कृषि ज्ञान केन्द्रको अनुदानमा एक हजार तीन सय र आफ्नो व्यक्तिगत लगानीमा सात सय नयाँ जातको स्याउको बोट रोपेको दुई वर्षमै फल्न सुरु भएको बताए। उनका अनुसार जिल्लाको पूर्वीउत्तर क्षेत्रमा मात्र स्याउ फल्ने गरेको स्याउ जिल्लाको तल्लो क्षेत्रमा पनि फल्न सक्छ, भन्ने सोचका साथ मैले परीक्षणका लागि कृषि ज्ञान केन्द्र र व्यक्तिगत लगानीबाट इटालीको स्याउ ल्याएर रोपेको हो। स्याउ रोपेको दुई वर्षमै फल्न सुरु भएपछि तल्लो क्षेत्रको काँडा, पनि स्याउ फल्दोरहेछ भन्ने थाहा भएको बताए।

सामुद्रिक सतहबाट झण्डै बाह्र सय मिटर उचाइमा रहेको खप्तड छेडेदह गाउँपालिका १ काँडाको धौलछडामा इटालीबाट ल्याएको फुँजी, गाला र गोल्डेन जातको स्याउ लगाएको दुई वर्षमै राम्रो फल्न थालेपछि बीरबहादुर रावल मात्र नभएर त्यहाँका अन्य स्थानीयहरुमा खुसी छाएको छ।


 

कमेन्ट लोड गर्नुस