प्रधानमन्त्रीलाई कैलाली उद्योग बाणिज्य संघको ७ बुँदे ज्ञापन
कैलाली उद्योग बाणिज्य संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ। सुदूरपश्चिमका विकास र समस्याका बिषयहरु समेटिएको ७ बुँदे ज्ञापन पत्र प्रधानमन्त्रीलाई बुझाइएको हो। सुदूरपश्चिम भ्रमणमा रहेका प्रधानमन्त्रीलाई आज साझ गोदावरीको तघरी आर्मी ब्यारेक पुगेर कैलाली उद्योग बाणिज्य संघका पदाधिकारीले ज्ञापन पत्र बुझाएका हुन्।
कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले प्रधानमन्त्रीलाई ज्ञापन पत्र हस्तान्तण गरेका थिए। ज्ञापन पत्र बुझ्नै प्रधानमन्त्री केपी शर्मा ओलीले चिनसंग जोड्ने नाका र सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा सडक सञ्जाल विस्तार गर्न आवस्यक रहेको बताए। उनले पहाडी क्षेत्रमा उत्पादीत बस्तुलाई बजारिकणमा सडक सञ्जालको विकास भए कुनै समस्या नरहेको बताए।
कैलालीको गौरीफण्टा नाकालाई अन्तराष्ट्रिय नाका बनाउने बिषयमा उनले फुलबारी नाका (चन्दनचौकी) लाई पनि अन्तराष्ट्रिय नाकामा बिस्तार गर्नु पर्ने माग आएको सुनाए। उनले बैँकको ब्याज ८ प्रतिशत हुनु पर्ने मुद्दाको बिषयमा अर्थमन्त्रीसंग छलफल गरेको व्यापारीलाई सुनाए। सेती अञ्चल अस्पतालमा आवस्यक पर्ने उपकरणका लागि सहयोग गर्ने उनको आस्वासन थियो।