सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

२०७९ असार १३, १०:५५ खबर संवाददाता

पोखरा: पोखरा महानगरपालिका– १३ गौडामुखमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। 

आइतबार राति ग११प ७३८५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा लमजुङ घर भई पोखरा– १३ भद्रकाली बस्ने अन्दाजी ५३ वर्षीया जुनाकुमारी गुरुङको मृत्यु भएको प्रहरीले बताएको छ। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको बताइएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस