सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिपायल-साँफे सडक खण्ड पहिरोका कारण अवरुद्ध

फाइल फोटो
फाइल फोटो
२०७९ असार ११, ०८:०८ खबर संवाददाता

डोटीः दिपायल साँफे सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ। दिपायल सिलगढी नगरपालिका ७ उडितोलास्थित दिपायल साँफे सडक खण्डमा अविरल वर्षाका कारण शनिबार बिहान पहिरो जाँदा सडक अवरोध भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउने आवश्यक पहल गरिरहेको बताएको छ। बाढी तथा पहिरो गएका स्थानामा खटिएको प्रहरीले आवश्यक उद्दार कार्य समेत गरिरहेको बताएको छ। 

कमेन्ट लोड गर्नुस