सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिर्जापुरको तेस्रो सिजनको छायांकन सुरु

२०७९ असार ११, ०५:१७ खबर संवाददाता

काठमाडौँ: प्रतीक्षित वेब सिरिज मिर्जापुरको तेस्रो सिजनको छायांकन सुरु भएको छ। अमेजन प्राइम भिडियोमा उपलब्ध हुने सिरिजको तेस्रो सिजनको छायांकन सुरु भएसँगै फ्यान उत्साहित भएका छन्। 

भारतको उत्तर क्षेत्रमा हुने गरेको अराजकता, हतियार र ड्रग्सका विषयलाई समेटेर तयार पारिएको सिरिजको तेस्रो सिजनलाई बदलाको भावमा तयार गरिने छ। पंकज त्रिपाठी, अली फजल, श्वेता त्रिपाठी शर्मा, रसिका दुगल, हर्षिता शेखर गौड, अमित सियाल, अञ्जुम शर्मा, शीबा चड्ढा, मनु ऋषि चड्ढा र राजेश तैलंग लगायतका कलाकारको अभिनय रहेनछ।

कमेन्ट लोड गर्नुस