सुदूर नेपाललाई विश्वसँग जोड्दै

भाटभटेनी धनगढीमा एनएमबी बैङ्कका ग्राहकलाई छुट र पैसा फिर्ता अफर

२०७९ असार १०, १०:४१ खबर संवाददाता

धनगढीः एनएमबी बैंकले धनगढीमा रहेको भाटभटेनीमा किनमेल गरी ईएनएमबी (ओम्नि च्यानल), भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा ग्राहकहरूले १० प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यासब्याक पाउने गरी साझेदारी गरिएको हो।

यो योजना असार १२ देखि असार १८ गतेसम्मका लागि धनगढी भाटभटेनीमा सञ्चालन हुने बैंकले जनाएको छ। एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरेको बैंकले जनाएको छ।

धनगढीमा एनएमबि ग्राहकहरुलाई लक्षित गरी ल्याइएको हो। एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोबारहरुको उपयोगिताको महत्त्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस