सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले ल्यायो ४८ करोडको बजेट

२०७९ असार १०, ०८:१२ खबर संवाददाता

कञ्चनपुरः बेलडाँडी गाउँपालिकाको ११ औँ गाउँसभाबाट आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ। गाउँसभामा अध्यक्ष हरिशचन्द्र रानाले नीति तथा कार्यक्रम र उपाध्यक्ष शान्तिनाथले बजेट पेश गरेकी छन्। गाउँसभामा ४८ करोड ७८ लाखको बजेट पेश गरिएको छ।

गाउँसभाको नीति तथा कार्यक्रममा विज्ञान विद्यालय सञ्चालन, बहुप्राविधिक शिक्षालय स्थापना, भूमिहीन, सुकुम्बासी र आरक्ष पीडितलाई जमिन उपलब्ध गराउने, पर्यटकीय क्षेत्र संरक्षण, उपाध्यक्ष कोशेली उपहार कार्यक्रम अन्तरगत छोरी जन्मिए प्रोत्साहन भत्ता ३ हजार दिने, ३० यूनिटसम्म निःशुल्क विद्युत, सुत्केरी महिलालाई गाउँभित्रै निःशुल्क एम्बुलेन्स र बाहिर ५० प्रतिशत छुट दिने, जनतासँग विपी कार्यक्रम, स्वाथ्य, शिक्षा, महिला विकास, खेलकुद, पशुपन्छी विकास, खानेपानी, शिक्षालगायत समावेश गरिएका छन्।

कमेन्ट लोड गर्नुस