सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलंकाको अर्थतन्त्र टाट पल्टिएको घोषणा

२०७९ असार १०, ०६:४० खबर संवाददाता

कोलम्बोः श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले मुलुकको अर्थव्यवस्था टाट पल्टिएको बताएका छन् । प्रधानमन्त्री विक्रमासिंघेले बुधबार संसद्लाई सम्बोधन गर्दै मुलुकको अर्थतन्त्र टाट पल्टिएको घोषणा गरेका हुन्।

‘देशको अर्थतन्त्र पूर्ण रूपमा टाट पल्टिएको छ,’ उनले भने । देशको अर्थतन्त्र सुधार्नका लागि अन्तर्राष्ट्रिय मुद्राकोषलगायत साझेदार संस्थासँग सरकारले सहयोगको प्रस्ताव गरेको विक्रमासिंघेको भनाइ छ ।

श्रीलंकाले केही महिनादेखि स्वतन्त्रतायताकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ । -एजेन्सी 

कमेन्ट लोड गर्नुस