सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बस र कार ठोक्किएपछि...

२०७९ असार ९, ०२:३३ खबर संवाददाता

धनगढीः धनगढीमा एक बस र कार आपसमा ठोक्किएका छन्। बिहीबार धनगढीस्थित चौराहमा बस र कार आपसमा ठोक्किएका हुन्। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार ना ८ ख ५७०३ नम्बरको बस र डिएल ३ सिसिभी ९९५६ नम्बर भएको कार अचानक ठोक्किएका थिए। ठोक्किएपछि कारमा समस्या आएको छ। यस्तै बसले समस्या समाधान गरिदिने सहमति गरिएको प्रहरीले बताएको छ। सामान्य दुर्घटना भएको भन्दै अन्य क्षति नभएको बताइएको छ। 

कमेन्ट लोड गर्नुस