सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लवका सुदूरपश्चिम कमाण्डरहरुको माओवादीमा जाने तयारी

२०७९ असार ९, ०१:१९ खबर संवाददाता

धनगढीः नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह छोडेका ओमप्रकाश पुनसहित चार केन्द्रीय सदस्यले नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी गरेका छन्।माओवादी धारा केन्द्रीकृत र ध्रुवीकृत गर्ने उद्देश्यका साथ विप्लव समूह छाडेको उनीहरुले संयुक्त विज्ञप्तिमा समेत उल्लेख गरेका छन्।

विप्लव समूह छाडेका चार केन्द्रीय सदस्य माओवादी केन्द्रमा प्रवेश गर्ने प्रचण्ड निकट एक नेताले बताए। पुनसहित चार केन्द्रीय सदस्य मात्रै होइन अरु ठूलो संख्यामा नेता कार्यकर्ता माओवादी प्रवेश गर्ने उनले बताए। 

पुनसहित माओवादी प्रवेश गर्नेमा केन्द्रीय सदस्य शंकरबहादुर खड्का, दलबहादुर धामी, रमेश परियार छन्। खड्का पूर्व संविधानसभा सदस्य एवम् सेती ब्यूरो इन्चार्जको जिम्मेवारीमा थिए। धामी महाकाली इन्चार्ज हुन् भने परियार कञ्चनपुर जिल्ला इन्चार्ज थिए। पुनसहित चार नेताले पार्टी छोडेपछि विप्लव समूहमा खैलाबैला मच्चिएको छ।

कमेन्ट लोड गर्नुस