सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइँदै

२०७९ असार ९, ०८:३२ खबर संवाददाता

काठमाण्डौँः आजदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिइँदै छ। बालबालिकाहरुलाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको छ।

बालबालिकाहरुलाई फाइजर–बायोएनटेक खोप दिइने छ। यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ। 

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बसन्त अधिकारीले यो खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको भन्दै ढुक्क भएर लगाउन आग्रह गरे।

पहिलो चरणमा काठमाडौं उपत्यकासहित २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा खोप दिइनेछ भने दोस्रो मात्रा आगामी साउन २ देखि ८ गतेसम्म दिइने छ।

बाँकी जिल्लामा भने भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ।
 

कमेन्ट लोड गर्नुस