सुदूर नेपाललाई विश्वसँग जोड्दै

के ‘भाइरल मन्त्री’ प्रेम आले एमालेमै फर्किन लागेका हुन् ? 

२०७९ असार ८, ०१:२७ टेकसिंह धामी

धनगढीः सधैजसो सामाजिक सञ्जाल र मिडियामा चर्चामा रहने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेकपा एमालेमा फर्किने तयारी थालेको चर्चा चलेको छ। नेकपा एकीकृत समाजवादीले सरकारमा गएका आफ्ना मन्त्रीहरू हेरफेर गर्ने तयारी गरेको छ। यसैबेला मन्त्रीबाट बाहिरिने भएपछि उनी एमाले फर्किन लागेको चर्चा चलेको हो। 

उनले यसका लागि आन्तरिक कसरत पनि गरिरहेको बताइएको छ। आलेले गत वर्ष असार २८ गते प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने क्रममा तत्कालीन एमालेको माधव नेपाल पक्षमा खुलेर देउवालाई मत दिएका थिए। भदौ ३ गतेको पार्टी विभाजनमा उनी एमाले छाडेर एकीकृत समाजवादीतर्फ लागेका थिए। 

माधव नेपालसँग असन्तुष्ट बनेका आले डोटीबाट निर्वाचित सांसद हुन्। आलेले एमालेका शीर्ष नेताहरुसँग टेलिफोन वार्ता तथा भेटघाटसमेत थालेको स्रोतले जनाएको छ। 

टेकसिंह धामी, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस