सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगानिस्तानमा भूकम्प, २५० को मृत्यु

२०७९ असार ८, १२:५२ खबर संवाददाता

धनगढीः अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस घाइते भएका छन्। बुधबार बिहान आएको ६।१ म्याग्निट्युडको भूकम्पले सबैभन्दा बढी क्षति पक्तिका प्रान्तमा भएको छ। यस प्रान्तमा ठूलो संख्यामा घर क्षतिग्रस्त भएका छन्।

एक स्थानीय अधिकारीले मृतकको संख्या अझै एकिन गर्न नसकिने बिबिसीलाई बताएका छन्। तर, हालसम्म घाइतेको संख्या १५० भन्दा बढी रहेको उनले बताए।भूकम्पको केन्द्रविन्दु दक्षिणपूर्वी सहर खोस्तबाट ४४ किलोमिटर टाढा रहेको थियो। अफगानिस्तान, पाकिस्तान र भारतमा भूकम्पको धक्का महसुस गरिएको छ।

कमेन्ट लोड गर्नुस