टेकु अस्पतालमा थप २ जनामा हैजा संक्रमणको पुष्टि
२०७९ असार ७, ०७:०५
काठमाडौंः टेकु अस्पतालमा थप २ जनामा हैजा संक्रमणको पुष्टि भएको छ। अस्पतालका अनुसार सानेपा र सिन्धुपाल्चोकमा बस्ने मानिसमा हैजा पुष्टि भएको हो।
सानेपामा बस्ने व्यक्ति पसल सञ्चालन गरेर बसेका छन् भने सिन्धुपाल्चोकका किसान हुन्। यसअघि बागबजारमा बस्ने दुई जना दिदी–बहिनीमा लाई हैजा पुष्टि भएको थियो।
विज्ञका अनुसार हैजा छिटो फैलिने भएकाले एक जनामा देखिनु भनेको पनि ठूलो मानिन्छ।
कमेन्ट लोड गर्नुस