सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

२०७९ असार ७, ०६:३० खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट २ वर्षीय बालकको मृत्यु भएको छ। मंगलबार बिहान पुनर्वास नगरपालिका–६ मा मोटरसाइकलको ठक्करबाट सोही ठाउँका केशव राना मगरका छोरा मनिषको मृत्यु भएको हो। 

प्रतिभानगर बजारबाट भारततर्फ जाँदै गरेको युपी ३१ के ८१३० नम्बरको भारतीय मोटरसाइकलले उनलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए। ठक्करबाट घाइते भएका बालकको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए। 

बालकलाई ठक्कर दिने मोटरसाइकल र चालक १७ वर्षीय मनिष सुनुवारलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस