घोराहीका झन्डै ६ हजार मानिसमा आँखासम्बन्धी समस्या
काठमाडौं: दाङको घोराही क्षेत्रका झन्डै ६ हजार मानिसमा आँखासम्बन्धी समस्या रहेको पाइएको छ। नेपाल नेत्रज्योति सङ्घ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज राप्ती आँखा अस्पतालले गरेको एक अध्ययनमा घोराहीमा ५ हजार ८ सय ५ जनामा आँखासम्बन्धी समस्या भएको तथ्याङ्क सार्वजनिक गरेको हो।
उनीहरुमा आँखामा लाग्ने मोतियाबिन्दु, अन्धोपनलगायतका समस्या रहेका राप्ती आँखा अस्पतालले जनाएको छ। यसैबीच राप्ती आँखा अस्पतालमा विशेषज्ञ सेवा थपिएसँगै उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको छ। अस्पतालले ६ महिनाको अवधिमा आँखाको नानी सम्बन्धी दुई हजार, रेटिना सम्बन्धी समस्या भएका १ हजार ४ सय र आँखाको ढकनी, आँशु नली, प्लाष्टिक सर्जरी, आँखाको क्यान्सर सम्बन्धीका एक हजारभन्दा धेरै बिरामीको उपचार गरेको पनि डा. सुवेदीले बताए।