भारतमा उडिरहेको विमानमा आगलागी
एजेन्सी: आइतबार भारतको बिहारको राजधानी पटनामा एक विमानलाई आपतकालीन अवतरण गराइएको छ। उडान भरिरहेका बेला विमानको इन्जिनमा आगलागी भएको जानकारी पाएपछि विमानलाई आपतकालीन अवतरण गराइएको हो।
अधिकारीका अनुसार विमान स्पाइस जेटको थियो। विमानमा १८५ यात्री सवार थिए। पटना डिएमले मिडियालाई दिएको जानकारी अनुसार विमानका सबै यात्री सुरक्षित छन्। उनले विमानको बायाँ पखेटामा आगो लागेको जानकारी दिए।