धनगढीको भाटभटेनीले डिस्काउन्ट अफरलाई निरन्तरता दिने
धनगढी: भाटभटेनी सुपर मार्केटले डिस्काउन्ट अफरलाई निरन्तरता दिने भएको छ । यहि जेठ २७ गते उदघाटन भएको सुपर मार्केटले डिस्काउन्ट अफरलाई निरन्तरता दिने जनाएको हो।
उदघाटन पछि केही समयकालागी इलेक्ट्रोनिक समानमा २० प्रतिशत र अन्य समानमा १० प्रतिशत छुट दिने जनाएको भाटभटेनीले ग्राहकहरुले सुपर मार्केटप्रती बिश्वास देखाएका कारण अफर केही समयका लागि बढाएको भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीन बहादुर गुरुङले बताए।
ग्राहकहरुको बानी पार्न र भाटभटेनीमा सस्तो दरमा समान पाइने बुझाउनका लागि समेत केही समय छुट दिने अध्यक्ष गुरुङले बताए।